— <b>आदेशहरफबाट अनुप्रयोग सुरु गर्दा प्रयोग गर्ने तर्कहरू</b>

<tt>-v</tt> वा <tt>--version</tt> तर्कसँग सुरु गर्दा, Kickshaw को हालको संस्करण देखाइन्छ। <tt>-h</tt> र <tt>--help</tt> तर्कहरूले यो उपाय सन्झ्याल कसरी पहुँच गर्ने भन्ने विवरण प्रस्तुत गर्न र त्यसपछि स्वीकृत तर्कहरूको सूची प्रस्तुत गर्न मद्दत गर्छन्।
Kickshaw लाई मेनुको फाइल बाटोसँग तर्कको रूपमा पनि सुरु गर्न सकिन्छ। एउटा साइड इफेक्टको रूपमा, यसले फाइल प्रबन्धकहरूमा प्रसङ्ग मेनु प्रयोग गरेर Kickshaw सँग मेनु फाइलहरू खोल्न सम्भव बनाउँछ।

— <b>Kickshaw द्वारा सिर्जना गरिएका फाइलहरू</b>

<b>स्थायी</b>

Kickshaw ले प्रयोगकर्ताको गृह डाइरेक्टरी भित्र <tt>.kickshawrc</tt> नामको आफ्नै सेटिङ फाइल सिर्जना गर्छ।

<b>अस्थायी</b>

प्रत्येक सम्पादनको लागि, <tt>/tmp/kickshaw.XXXXXX</tt> भित्र पूर्वस्थितिमा फर्काउने स्ट्याक फाइल सिर्जना गरिन्छ (X हरू स्वेच्छाचारी अक्षर र नम्बरहरूका लागि प्लेसहोल्डरहरू हुन्)। यदि कार्यक्रम अप्रत्याशित रूपमा बन्द भएमा, फोल्डर रहनेछ, तर यसले चिन्ता गराउनु पर्दैन किनकि यसमा सानो फाइलहरू मात्र हुन्छन् र यो सामान्यतया अर्को रिस्टार्टमा स्वचालित रूपमा मेटिनेछ।

Kickshaw ले गृह फोल्डर भित्र <tt>.kickshaw_autosave</tt> नामको स्वत: बचत फाइल पनि सिर्जना गर्छ। यो प्रत्येक सम्पादन पछि नवीकरण गरिन्छ र कार्यक्रम बन्द हुँदा मेटिन्छ। यदि Kickshaw अनियमित रूपमा बन्द भएको थियो भने, कार्यक्रमको अर्को सुरुवातमा प्रयोगकर्तालाई स्वत: बचतबाट मेनु पुनर्स्थापना गर्ने वा स्वत: बचत मेट्ने भनेर सोधिन्छ।
